काठमाडौ,१४ असार ।
शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किरा झुण्ड नेपालका १२ जिल्लामा पुगिसकेको छ ।
दिउँसो १ बजेसम्म तराईका केहि जिल्लाहरुमा देखिएको सलह साँझसम्म तराईका ५ जिल्लापछि पहाडका ७ जिल्लामा पनि फैलन थालेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीका अनुसार सिन्धुली, कास्की काभ्रे, सिन्धुपाल्चोक, पाल्पा, पर्वत, तनहुँ, जिल्लामा पनि सलह देखिएको जानकारी आएको बताए।
रातको समयमा सलह बाँस बस्ने भएकाले भोली यो थप जिल्लाहरुमा फैलने उनको अनुमान छ । सलह किरा नेपाल प्रवेश गरेपछि यसबारे निर्णय लिन शनिबार मन्त्रालयले विभिन्न व्यक्ति र निकायसँग गरेको भर्चुअल बैठकका क्रममा सलहको फौज १२ जिल्लामा फैलिएको जानकारी आएको बैठकमा सहभागी बिज्ञहरुले जानकारी गराएको थिए ।
सलहको फौज हावाको गति र दिशासँगै एक ठाउँबाट अर्को ठाउँमा विस्तार हुने गर्दछ। शुक्रबार रातिसम्म नेपालका कुनैपनि स्थानमा सलह फैलिएको बारे आधिकारिक जानकारी आएको थिएन। तर शनिबार बिहान तराइका केही जिल्लामा देखिएको सलह किराको फौज बिस्तारै अरु जिल्लामा पनि फैलन थालेको छ।