के तपाईलाई थाहा छ विश्वमा धेरै अंगुर खेती कहाँ हुन्छ?

कृषि पोष्ट संवाददाता

काठमाडौं।

अङ्गुर खेती प्राय जसो सबै देशमा गर्ने गरेको पाइन्छ। तर यसको सबभन्दा धेरै उत्पादन चीनमा हुने गर्छ। चीन देखि क्रमशः बेलायत, इटाली, स्पेन, फ्रान्स, टर्की, अर्जेन्टिना, इन्डिया, चिली र इरान गरि यी १० देश सबभन्दा धेरै उत्पादन हुने गरेको पाइन्छ। विश्वमा ६० भन्दा बढि अङ्गुरका प्रजाति छन्।

साथै नेपालमा पनि यसको उत्पाद गर्ने गरिन्छ। नेपालको तराईदेखि उच्च पहाडी भेगसम्म अङ्गुर खेतीको सम्भावना राम्रो रहेको छ। हरियो अङ्गुर, स्टुभिन, क्यामवेन, अर्लि जातको अङ्गुरको लागि नेपालको हावापानी उपयुक्त रहेको छ।

यतिखेर अंगुरको सिजन छ। अंगु्र हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै छन् यसका फाइदा। कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म अंगुरले फाइदा पु¥याउँछ । अंगुरको त बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्वस्थकर हुन्छ। अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏