बर्दियाको एक फार्ममा आगलागी हुँदा जले १ सय २८ बाख्रा

कृषि पोष्ट संवाददाता

राजापुर ।

बर्दियाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।

विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताए । करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏