काठमाडौं,६ जेठ ।
पुरै देश बन्दाबन्दीमा रहेका बेला सुदूरपश्चिमको अछाममा भने रोपाइँ सुरु भएको छ । बन्दाबन्दीको बेला सहरबजार सुनसान भएपनि गाउँघरमा चहलपहल बढेको छ ।
खेतीपातीको समय भएकाले गाउँघरमा चहलपहल बढेको हो। हिउँदे खेती भित्र्याएका किसान अहिले रोपाइँ गर्न व्यस्त छन् । वैशाखको अन्तिम साताबाट अछाममा रोपाइँको चटारो सुरु हुन्छ । अहिले अछामका कृषलाई मानो रोपेर मुरी उब्जाउन भ्याइ नभ्याइ छ ।
सिँचाई सुविधा पुगेका खेतमा वैशाखको अन्तिमबाट रोपाइँ गर्न सुरु हुन्छ । यो वर्ष वैशाखमा पर्याप्त पानी परेकाले पनि सिँचाइ पुगेका खेतमा रोपाइँ गर्न किसानलाई सजिलो भएको छ ।
अछामको साँफेबगरलगायत सिँचाइ सुविधा पुगेको ठाउँमा वैशाखको अन्तिमबाट रोपाइँ सुरु भएको हो । साँफेबगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाइ सुविधा भएकाले हरेक वर्ष वैशाखको अन्तिमबाट धान रोपाइँ सुरु हुने गर्दछ ।
साँफेबगर नगरपालिका १ स्थित देशकै चार धाम मध्येको एक बैद्यनाथ धाममा रहेका पिरले नजिकै मष्टामाण्डौमा रहेको गुठी जग्गामा वैशाख ३० गतेका दिन पोथी सार्ने (पहिलो पटक धान रोप्न सुरु) काम गरेपछि मात्र जिल्लामा आधिकारिक रुपमा धान रोप्न सुरु हुने परम्परा रहि आएको छ ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏