बेल खेती कसरी गर्ने, जानौ तरिका

Posted on: February 12, 2020 | views: 308

बेलमा विद्यमान पोषक तत्त्व र औषधियुक्त गुणको कारण यो एक उच्चकोटिको फल मानिन्छ । यसमा खनिज तत्त्व , भिटामिन सी , कार्बोहाइड्रेट बढी मात्रामा पाइन्छ । अजीर्ण , डायरिया अन्य विभिन्न रोग निको पार्ने गुणहरु भएकोले आयुवेर्दिक औषधिउपचारमा यसको महत्त्वपूर्ण स्थान छ । यसको वर्णन वेदहरुमा समेत पाइन्छ । यसको पात हिन्दुहरुका ईश्वर शिवजी लाई भक्तिपुर्वक चढाइन्छ ।


बेलको फलबाट सर्वत , जाम , पाउडर , ट्रफी , नेक्टर आदि बनाइन्छ । बिउबाट तेल निकाल्ने र चोपबाट विभिन्न वस्तु टाल्ने एवं टास्ने काम लिइन्छ । पाकेको फलको गुदी ताजै खाने चलन छ । यसको बोक्रा कडा हुने र बीउ एवं चोप खान गुदीबाट छुट्याउन झन्झट पर्ने भएको हुदा यसले व्यावसायिक रुप लिन सकेको छैन तर पातलो बोक्रा , खाने भाग बढी , कम बीउ एवं चोप र सानो बोट हुने किसिमका जात विकसित भएमा बेल निकै लोकप्रिय फल हुनेछ ।


हावापानी र माटो

अरु बाली नहुने सबै प्रकारको माटोमा पनि बेल हुर्कन सक्दछ । यसले माटोको पिएच ५(१० सम्म सहन गर्छ । समुन्द्र सतहदेखि १५०० मिटरसम्मको उचाइमा यो फस्टाउन सक्छ । यो एक किसिमले मरुभुमीको हावापानी या सुख्खा हावापानी भएको स्थानमा राम्रो हुन्छ ।


जात

विभिन्न किसिमका स्थानीय जातहरु पाइन्छन । रानी जातको बेल राम्रो मानिन्छ ।


बिरुवा उत्पादन

बिउद्वारा बिरुवा उत्पादन गर्ने चलन छ । रुट सकर र बडिङ बिधिद्वारा बिरुवा तयार गर्न सकिन्छ ।


बिरुवा लगाउने कार्य

दुवैतिर १० मिटरको दुरी राखी बिरुवा लगाइन्छ । सानो बिरुवालाई मलजल गरि हुर्काउनुपर्छ , बोट ठुलो भएपछि त्यति हेरचाह गर्नु पर्दैन । यसको लागि आवश्यक मलखाद एवं सिचाइबारे अध्ययन भएको छैन ।


फुल एवं फल

बिरुवा लगाएको ७(८ वर्षदेखि बेल फुल्न एवं फल्न थाल्दछ र १५ वर्षदेखी निकै फल्छ । जेठमा फुल फुल्छ र एक महिनाभित्र फल लागीसक्छ । फल लागेको करिब एक वर्षपछी बैशाख ( जेठमा पाक्छ । फल पाक्ने समयमा यसका पात पुरै झर्छ्न ।


रोगकिरा

यसमा खास क्षती पुर्याउने रोगकिरा लाग्दैन ।


फल टिपाइ

फल परिपक्व भएपछि पहेलो हुन्छ । फल टिप्दा भेट्नोसहित एक ( एक गरेर टिप्नुपर्छ र सावधानीपुर्वक भुइमा झार्नुपर्छ । हल्लाएर वा लट्ठिले फल झार्दा फुट्ने र भण्डारण गर्दा कुहिने डर हुन्छ ।


उत्पादन

दसपन्ध्र ( वर्षे बोटमा २०० देखि ४०० दाना फल लाग्छ , चालिस ( पचास वर्ष पुरानो बोटमा करिब १००० दानासम्म फललाग्न सक्छ । साधारणतया बेललाई २ हप्तासम्म राख्न सकिन्छ तर ९ड्ढ से। तापक्रम भएको भण्डारमा करिब ३ महिनासम्म पनि राख्न सकिन्छ ।


(विभिन्न स्रोतबाट संकलन गरिएको समग्री)

Share your thoughts!