फस्टाएको बंगुर पालन र संजिव कुलुङको सफलता

Posted on: March 22, 2017 | views: 1393

झापा तोपगाछी- ५ का ३५ वर्षिया संजिव कुलुङ राई देशमा केही नहुने रहेछ भनेर ७ वर्ष अघि रोजगारीको लागि बिदेश गएका थिए । कतारको एक कम्पनीमा अर्काको गुलाम मात्र गर्नु पर् र्यो बदलामा रित्तो हात लिएर नेपाल फर्कन बाध्य भएँ । उनले आफ्नो कुरा सुनाए । 

बिदेशको दुःख र कष्टकर कामलाई छोडेर नेपालमा नै यतीको दुःख गर्दा आफ्नो र समाजको निम्ति केही गर्न सकिने उनले महसुस गरे । उनी नेपाल फर्किएको ६ वर्ष भयो । त्यस समयदेखि हालसम्म आई पुग्दा आफ्नै गाउँमा बंगुर पालन ब्यावसाय गरेर धेरै प्रगति गरिसकेका छन् । विदेशमा अरुको निर्देशनमा काम गर्दाको पीडा नोकर भएर काम गर्नु पर्ने अवस्था अहिले संजीवलाई छैन । केवल यो वयावसायलाई अब कसरी राम्रो बनाउने भन्ने मात्र उनको चिन्ता छ ।


सुरुमा स्थानिय जातको एउटा बङगुर पालेर व्यावसाय थालेको कुलुङले त्यसपछि क्रमशः सुनसरी धनकुटा देखि पनि केही उन्नत जातका वंगुरका ल्याएर आफ्नो व्यावसायलाई केही दरिलो बनाएका थिए । विस्तारै व्यावसाय फष्टाउदै गयो । अव संजिवले वंगुर फारम नै सुरु गर्ने गोजना बनायो । लगतै सुरु पनि गरे । फरम खोलनको लागि संन्जिव संग पैसा भने पुग्दो थिएन । विकल्पनामा दमकमा रहेको कृषि विकास वैंकबाट रु ५० हजार रुपैयाँ ऋण लिएर आफ्नो फारम व्यवसायलाई सुरु गरे ।

लगानीको समस्या भने केही सम्म समाधन भयो । सुरुवाती चरणमा अझ उच्च जातको बंगुर कहाँ पाइन्छ अर्को समस्या थियो उसको कुलुङको लागि । विभिन्न साथिहरुको सहयोग मार्फत पत्ता लाग्यो उन्नत जातको बंगुर पाइने ठाउँ । तर निक्कै टाढा पुग्नु पर् र्थो काठमाण्डौंको खुमलटार कृषि बिजन केन्द्र देखि पोखराको भेडी फार्म । ती ठाउँहरु कुलुङको लागि टाढा भने भएन । नेपाली उखान जहाँ इच्छा त्यहाँ उपाय भने झनै संन्जिव संग इच्छा र जागर भने ्रिसस्तै थियो । उसले आफ्नो सानो फर्म मा उन्नत जातका बंगु पनि थपे ।

एक वटा बंगुरको बच्चाबाट व्यवसाय सुरु गरेका कुलुङले अहिले फारममा ३ सय भन्दा धेरै साना ठूला बंगुरहरु बनाइ सकेका छन् । आफ्नो फारमको मूल्यांकन गर्ने हो भने एक करोड भन्दा धेरै मूल्यको रहेको कुलुङ सुनाउछन् ।

सुरुवातको समयमा कुलुङ बंगुर फरमको बजार पुर्वी नेपालका शहरहरुमा मात्र थिए । तर अहिले देशभर भनाइसकेको छ । यस फारममा उत्पादन गरिएका बंगुर कठमाण्डौं भारतको दार्जेलिङ सिक्किम र कालिम्पोङ लगायतका सहरहरुमा समेत बिकि्र गरिन्छ । व्यावसायबाट कुलङ आफ्नो आर्थिक अवस्था राम्रो मात्र बनाएका छैनन् फरममा ५ जाना कर्मचारी राखेका छन् । उनीहरुलाई मासिक ५ देखि ९ हजार सम्म तलब दिएका छन् ।

उनको बंगुर कृषि फारम अहिले नेपालमानै उत्कृष्ठ बन्दै गएको छ । सन २००९ को विश्व भेटेरनरी दिवशको अवसरमा उनलाई उत्कृष्ठ बंगुर ब्यावसायी कृषकमा चयन गरी नेपाल सरकार कदर पत्र र १२ हजार रुपैया नगदले सहित सम्मान गरिसकेको छ । त्यसैगरी उनको यो उत्साह र प्रगतिको मूल्याङकन गरेर उनी अध्यक्ष रहेको सफल कृषि सहकारी संस्थाको लागि जिल्ला पश सेवा बिभाग भद्रपुर झापाले पनि एक वर्ष अघि ९ लाख ४३ हजार रुपैया अनुदान दिएर सहकारीले प्रगति गर्न थालेको अध्यक्ष संजीब कुलुङले बताउनु भएको छ ।

Share your thoughts!