तितेकरेला र यसका फाइदाहरू

Posted on: December 31, 2019 | views: 456

तितेकरेला भन्नेबित्तिकै धेरै मानिसले मुख विगार्छन् । तर, कति मानिसहरू भने स्वाद वा औषधीय गुण बुझेर करेला खाने गर्दछन् । करेला एक अक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन बी १, भिटामिन बी २, भिटामिन सी, फाइबर, क्याल्सियम, जिङ्क, आइरन, कपर तथा फोस्फोरस तत्व हुन्छ । औषधीय गुण समेत भएको करेलाका निम्न फाइदा रहेका छन्  :


१. लिभर टनिकमा करेलाको प्रयोग 

दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक हप्ता करेलाको जुस पिउनै पर्ने

 हुन्छ । 

२. श्वासप्रश्वास समस्यामा करेलाको प्रयोग 


ताजा करेला दम रुघाखोकी जस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । 


३. तौल घटाउन 

यसमा भएको एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चाँडो चाँडो तौल घटाउन मद्दत गर्दछ । 

४. क्यान्सरमा 

 करेलाको सेवनले क्यान्सरका कोष वद्धि हुनबाट जोगाउँछ । 


५. डन्डीफोरमा 

 डन्डीफोरको समस्याले धेरैलाई सताएको हुन्छ । उपचार गराउँदा गराउँदै हैरान भएकाले पनि यसको प्रयोग गर्न सक्दछन् । दागलगायतका छालाका संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउँछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउँछ । 


६. कब्जियतमा करेला 


 करेलाम भएका फाइबरले खाना पचाउन सहयोग गर्दछ । जसले गर्दा कब्जियतको समस्या सजिलै दूर हुन्छ । 


७. मिर्गौला कलेजो र ब्लाडरमा 

यसले मिर्गौला कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्दछ यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्दछ । 


८. मुटुको रोग 

करेला मुटुको समस्यालाई पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेस्टेरोल हटाई हृदयघात हुने सम्भावना कम गर्दछ । यसले रगतमा चिनीको मात्र घटाई मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । 

९. मधुमेहमा 

करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी फाइदा दिन्छ । प्राचीन चिनियाँ र भारतीय उपचार पद्धतिमा करेला लामो समयदेखि प्रयोग हुँदै आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधका कारण कोषहरूले रगतबाट सुगरको मात्र लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुबै अवस्थामा कोषहरू सुगर लिन असमर्थ रहनछन् । किनासे नामको प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने हुनाले करेलाले किनासेहरूलाई सक्रिय बनाउँछन् । करेलामा रहेका केही रासायनिक तत्वहरूले पनि इन्सुसलनको जस्तै का मगर्दछन्, जसले रगतमा सुगरकाो मात्रा क मगर्न मद्दत गर्छन् । 


Share your thoughts!