अधिकृत डा सुधिर कुमार सिंंहसंगका कुराकानी

Posted on: August 05, 2018 | views: 713

नेपाल सरकार कृषि विकास मन्त्रालयले खाद्म र पोषणका सन्र्दभहरु लाई सुधार गर्ने हेतुका साथ एउटा परियोजना शुरुवात ग¥यौ र त्यो परियोजनाले एक किसिमको राम्रै प्रतिफल पछिल्लो समयमा प्र्रदान गरिरहेको छ । कृषि तथा खाद्म सुरक्षा आयोेजना यो आयोजनाले के कस्ता खालको गतिविधी गदै छ । के कस्ता खालका क्रियाकलापहरु ग¥यौ भन्ने सन्दर्भमा आज हामी छलफल गदै छौै । यहा भित्र पनि विभिन्न सन्र्दभमा उहाहरुले काम गनुभएको थियो र ती कामहरु मध्येको   लाईफ स्टक अत्यन्तै महत्वपुर्ण एउटा सन्दर्भ हो । जसमा कुखुरा पालन,गाईभैसी पालन  लगाएतका कुराहरु हुन सक्छन् ।यसबाट हामीले के सन्दर्भ लिन पथ्यौ,कति लिन पथ्यौ त्यो सकेका रहेछौ कि रहेन्छौ त्यसको एक किसिमको सानै भएपनि अन्बेषण गर्ने प्रयत्न गरेको छ कृषि तथा खाद्म सुरक्षा  आयोजनाले आज हामी यसै विषयवस्तुसग सम्बन्धित भएर  कृषि तथा खाद्म सुरक्षा  आयोजनाका वरिष्ठ  अनुगमन तथा मुल्याङ्कन अधिकृत डा सुधिर  कुमार सिंंहसंग सहकर्र्मी गोविन्द शर्माले गर्नुभएको कुराकानी



नेपालमा परापुर्वक काल देखी कुखुरा,गाई भैसी पाल्ने चलन थियो तर ती गाईभैसी,कुखुरा पालिरहदा जति पनि किसानहरु घर पालुवा जिवजन्तुहरु पालनमा अगाडी बढ्नु भएको छ उहाहरुले  पोषण र खाद्म विविधताका कुराहरुलाई कतिको जोड्नु भएको छ ।यो परियोजना लिएर गाउ गाउ पुगिरहदा किसान तहमा पुगिरहदा कस्तो खालको अनुभव गर्नुभएको छ ?



यो आयोजनाको सबैभन्दा राम्रो पक्ष र सुन्दर पक्ष भनेको नै यो धेरै स्टक होल्डरहरु मिलाएर एकृकित रुपले चलिरहेको आयोजना हो । र सायद यो नेपालको पहिलो आयोजना नै होला जुन आयोजनामा कृषि अनुसन्धान परिषदबाट प्रविधि विकास,पशु विकास कार्यलयबाट पशुपक्षिको प्र्रविधि प्रसार र उत्पादकत्व वृद्धिका कार्यक्रमहरु,कृषि विकास कार्यलयबाट कृषि सम्बन्धि प्रविधि प्रसार र उत्पादकत्व वृद्धिका कार्यक्रमहरु त्यस्तै जनस्वस्थ कार्यलयबाट खाद्म विविधता,प्रशोधन,भन्डारन र व्यवहार परिर्वतन सञ्चार सम्बन्धि कुराहरु एकैसाथ एकै ठाउमा एकृकित रुपमै संचालन भएको सायद यो पहिलो पटक नै होला । यसरी प्रविधि विकास देखी प्रसार सम्मका सबै कुराहरु जोडेर एकै ठाउमा,एउटा घरधुरीमा सबैले एकृकित रुपमा यी सबै थोक पाउनु भनेको अति सुन्दर पक्ष हो यो आयोजनाको । यहा के देखियो भने संसारभरी भोकमरी हुन्छ मान्छे खानै नपाएर मान्छेहरु कति मरेका छन् ।कतिपय मानविय संकट र्सिजना  भएको छ । र हामीको मा के देखिएको छ भने खानै नपाएर मुत्युदर अत्याधिक हुने, हाहाकार नै मच्ने किसिमको अवस्था त देखिदैन नि तर के देखियो भने हाम्रा बालबालिकाहरु पुड्को हुने ख्याउटेपन हुने उमेर अनुसार तौल वृद्धि नहुने इत्यादी यावत जुन समस्याहरु देखियो ।हाल अहिलेसम्म पनि व्यप्त छ नि यो समस्याहरु हाम्रो उचाई जुन छ त्यो बिस्तारै बिस्तारै कम हुदै गएको छ । यी सबै कुराको अन्बेषण हुदा के देखिन्छ भने हामी कोदो त पायौ ,मकै त पायौ पेट हाम्रो अघायो तर शरीरलाई चाहिने सम्पुर्ण सुक्ष्म पोषण तत्वहरु  कोदो, मकै वा भातमा मात्रै आएन त्यसकारण हाम्रो यी सबै अवस्था अहिलेका दिनमा छन् । सबैभन्दा पहिलो कुरा एक त उत्पादकत्व पनि हाम्रो ह्रास हुदै गयो ।जुन वालीनाली देखी लिएर पशुपंक्षिको उत्पादकत्व क्षमताहरु छन् त्यो पनि कम हुदै छ ।त्यसमा पनि त्यो क्षेत्रहरु जुन भौगोलिक हिसाबले अलि बिकट छन् ।हाम्रो मध्य पश्चिम र सुदुर पश्चिमका पहाडी र उच्च हिमाली जिल्ला त्यो क्षेत्रहरुलाई नै आयोजनाले पहिलो आफ्नो लक्षित क्षेत्र बनाएको छ ।  



पोषणका समस्या जुन अघि हजुरले भन्नु भयो होचा पुड्को हुने नबढ्ने खालका संक्रमणहरु देखिने ती क्षेत्रमा बढी देखियो भन्ने हो?



बढी देखियो र उत्पादकत्व कम पनि त्यो क्षेत्रमा बढी भयो त्यो क्षेत्रमा हाम्रो बाली नालि, पशुपक्षिको उत्पादकत्व जुन हिसाबले हुनुपर्ने हो त्यो सन्दर्भमा जस्तो कुखुराले जति अन्डा दिनु पर्ने हो,खशीले जति मासु दिनुपर्ने हो,भैसीले जति दुध दिन पर्ने हो त्यो चिजहरु त्यो क्षेत्रमा अलि कम देखियो र व्यवहार परिर्वतन सञ्चारका कुराहरु त्यो क्षेत्रमा अलि कम प्राप्त भएको देखियो ।शैक्षिक अवस्थाले पनि अलि कम,भौगोलिक बिकटता,उत्पादकत्वको दुष्टिले पनि अलि कम त्यसकारणले आयोजनाले आफ्नो लक्ष्य क्षेत्र पहिलो पल्ट बनाउदा पुन देशका अरु जिल्लाहरु पनि छन् खाद्म संकटमा, खाद्मको उपलब्धताको हिसाबले कम भईरहेको छ ।तर त्यो क्षेत्रलाई आयोजनाले पहिलो पटकको लागी आफ्नो लक्ष्य क्षेत्र बनाएर कार्यक्रम लागु गरेको छ । अब यहा भन्नु हुन्छ पशुपक्षि सम्बन्धि ठिक छ पेट भरियो भोकमरी त भएन तर मैले अघि जोडे जुन पुड्कोपनका समस्याहरु छन् ,तौल बृद्धि छैन,ख्याउटेपना छन् यी सबै समस्याहरु जोड्ने  भनेको पेट  भरेर मात्र हैन कि चाहिने जति पोषण तत्वहरु छन् त्यो नभएर देखिएको समस्या हो ।एउटा बच्चाले जति समयसम्म आमाको दुध खान पाउनु पर्छ तयो सम्म खाईदिएन जति समयपछि ठोस आहार शरीरमा जान पर्छ त्यो गई दिएन त्यो सब कारणले गर्दा यो आयोजनाले बढी राम्रो तरिकाले खाद्म विविधताको लागी सम्बोधन गरेको छ । 



खाद्म विविधिकरणका सन्दर्भमा यो आयोजना नेपालको पहिलो आयोेजना हो ?



पहिलो पटक प्रयास ग¥यौ यो आयोजनाबाट कार्यक्रम त थिए जस्तो पशुपक्षि विकास मन्त्रालय,पशु सेवा कार्यलयबाट हाम्रो यो लाइफ स्टकका गतिविधिहरु थिएनन् भन्ने होइन थियो ।कृषि विकास कार्यलयबाट बिउ उत्पादन देखी लिएर उत्पादकत्व वृद्धि गर्ने धान खेति गर्ने,, मकै खेति गर्ने,कोदो खेति गर्ने,तरकारी खेति गर्ने जस्ता क्रियाकलाप थियो । हामीले पशुपक्षि र बालीनालीका तालिम पनि चलाएका थियौ । स्वस्थ्य कार्यलयबाट हात धोएर खानुपर्छ भन्ने या यी चिजहरु खानुपर्छ भन्ने पनि थियो तर एकृकित रुपमा यो आयोजनाबाट एकातिर बालिनालिको पनि उपलब्धता,अर्को पशुपक्षिजन्य वस्तहरुको पनि उपलब्धता , पशु सम्बन्धि शिक्षा पनि सगसगै भयो यो आयोजनाबाट 



आम मान्छेहरुको जिज्ञास के हुुन्छ भने धान खेतीका लागी भनेर पनि विभिन्न खालका मिसन कार्यक्रम चलेकै छन्,अनुसन्धानले पनि लाइफ स्टक देखी लिएर बाली नालीका सबै सेक्टरमा अनुसन्धान गरी नै रहेछ नया नया जातहरु,प्रविधिको विकास पनि गरेको नै छ ।अनि यता पशुपक्षी विकास मन्त्रालयले पनि गाई भैसीलाई स्वस्थ कसरी गराउने,दुध बढी उत्पादन कसरी गराउने  भन्ने खालको काम गरेको नै थियो । कुखुराका पालनका लागी के कस्ता प्रविधिहरु छन् कुन कुखुराहरु पाल्न राम्रो  हुन्छ आम्दानी लिन सकिन्छ  र स्वस्थ्यको हिसाबले राम्रो हुन्छ भनेर अनुसन्धान गरेकै थिए । ती कार्यक्रम चलिरहदा यसले कहा निर के भुमिका निर्वाह ग¥यौ र आम किसानले अपनत्व बोध गरे यो आयोजना प्रति ? 



हाम्रो धेरै प्रविधि विकास भएको छ र हामीले तालिम पनि नचलाएको हैन । प्र्रत्येक जिल्लामा हेर्ने हो भने १५ देखी २५ वटा प्रत्येक क्षेत्रमा तालिम त्यस्तै क्षेत्रिय तालिम निर्देशनालयहरुले पनि तालिम त्यस्तै विभिन्न गैर संघ सस्थाहरु बाट गाउ गाउमा तालिम सबै तालिम देखियो भने किसानले उही आफ्नो परम्परागत रुपले गरिरहेको चिजमा नया रुप थपेको देखिएन त्यसैले यो आयोजनाबाट के देखियो भने यो आयोजनाले के देखीयो भने यो हामीले एकदम परम्परागत हिसाबले एक दिन बोलाउने, छलफल गर्ने,एकतर्फी तालिमहरु दिने,भन्ने वा कुनै चीज देखाई दिने मात्रै नगरेर यसरी किसानहरुले अबलम्बन गदैन् । किसानहरु धेरै  नपढेको हुनुहुन्छ र पनि खेतिपाती गरिरहेको हुनुहुन्छ  तर उहाहरु सग धेरै अनुभब संगालेको छ ।किसानले प्रविधि कसरी अबलम्बन गर्छन् कसरी प्रयोग गदर्छन् यसमा के देखियो भने जबसम्म सहभागितात्मक,खोज मुलक सिकाई हुदैन तबसम्म किसानले अबलम्बन गदैनन् । के देखाएका छ भने कुनै चिज आफै गरेर सहभागिता ढङ्गले खोज मुलक तरीकाले गरे त्यो सिकाई दीगो हुन्छ यो कुरालाई आयोेजनाले आत्मसाथ गरेर हामीले कुनै एउटा बालीको,कुनै पशुपक्षीको एउटा जीवन चक्रभरि किसानहरुको सहभागीतात्मक ढगले खोज मुलक अनुसन्धानमा हामीले तालिम चालायौ भनाईको अर्थ कुनै एउटा बाख्रा छ भने बाख्राको पाठापाठी देखी लिएर उसले फेरी पाठापाठी नजन्माउदा सम्म हामीले खोज मुलक तरीकाले सिकाई गरायौ । 



भनेपछि एउटा कुरा यसरी बुझ्न सकियो गाई पाल्यो दुध पनि दियो ,बाख्रा पाल्यौ राम्रोेसग हुर्कियो पनि तर त्यो कसरी हुर्केको छ, त्यो कतिको स्वस्थ छ र उसले दुध दिईरहदा ,एउटा कुखुराले अन्डा दिइरहदा त्यो अन्डा स्वस्थ माउबाट हामलिे प्राप्त गरेयौ कि गरेनौ भन्ने सवाललाई पनि तपार्ईहरुले सुक्ष्म अध्ययन गर्नुभयो ?



अब हेर्नु एउटा बाख्रा पालनलाई पनि हामी तालिम चलाउन्छौ कति चलाउन्छौ ३ दिने,५ दिने,१५ दिने तर हाम्रो आयोजनाले हैन त्यो सम्बन्धित स्थानमै बाख्रा पाल्ने किसानहरुलाई संगठित गरेर कृषक पाठशाला सञ्चालन गर्ने त्यो पनि पाठापाठी देखी लिएर त्यसले अर्को फेरी नजन्माउदा सम्म त्यसको वृद्धि विकासका क्रममा जति पनि प्रक्रिया हुन्छ ती सबै प्रक्रियामा किसानहरु आफै सहभागी भएर,आफ्नै खोज मुलक ढगले,आफै किसानहरु निर्णय गरेर नै सबै सिक्न हामीले अभ्यास थाल्ने भयौ । यो किसिमको अभ्यासबाट हामीले गदै आईरहेको के थियो र नयाँ प्रविधि अपनाएर के ग¥यौ र त्यो दुई वटा गोठमा यिनीहरु आफैले गरेर फरक पाए किसानहरुले हो यो हामीले गरिरहेका चिजहरु यहा नमिलेको थिया,े यहा त्रुटी थियो,यहा बढी भैईरहेको थियो,यहा अपुग थियो  त्यस्ता क्रियाकलापहरु सुधारीएका चिजबाट किसानहरुले सिके,ग्रहण गरे त्यो नै राम्रो पक्ष हो । आफ्नै सक्रियतामा आफै सिकाउन खोजेको हो यो आयोजनाको कृषक पाठशाला भन्ने एउटा सफल र सबल क्रियाकलाप रह¥यो । त्यस्तै यो बाख्रा पालन मात्रै हैन धान उत्पादन, मकै उत्पादन,कोदो उत्पादन त्यस्तै कुखुरा उत्पादन सबैमा यस्तै किसिमको क्रियाकलाप हामीले डिजाइन गरेर ग¥यौ । यो आयोजनाले दुध सेक्टरको गार्ई भैसी पालन छ त्यसको लागी पनि अब एउटा मानौ न गाई भैसी बेउनलाई पनि ३ वर्ष लाग्छ ३ वर्षसम्म पाठशाला चलाउन गाह्रो छ ।त्यसको लागी हामीले के डिजाइन गरेका छौ भने छोेटो समय जस्तो ३ महिना ४ वा ५ महिनासम्मको अध्ययन कुनै एउटा विषयबस्तुमा राखेर यस्तो किसिमको पाठ्क्रम आयोजनाले तयार गरेको छ ।अहिले फिल्डमा हामीले यसको पनि सहजकर्ता तयार गर्ने तयारीमा छौ । भनाईको अर्थ  के देखियो भने जसले सुधारिएको तरीकाबाट सानै देखि उसकको कामहरु गोठ कस्तो चाहिन्छ,आहार कस्तो हुनुपर्छ,खोप,औषधी र जुका विरुद्धका अभियान के के गर्नुपर्छ,पाठापाठीको स्याहार कसरी गर्न पर्छ यी सबै कुरा किसानहरुले दिन दिनै गरेर,जम्मा भएर,छलफल गरेर निर्णय गरेर गर्ने हुदा दीगो भयो ।       


 

 एउटा कुरा यसरी बुझ्न सकियो की हाम्रा किसानहरु बिहान देखि बेलुकासम्म दुख गरेका गरे हुनुहुन्छ । काममा धेरै नै व्यस्त हुनुहुन्छ । काम नगरेका  हैनन् हाम्रा किसानले तर सुधारेर काम गर्न सक्नु भएन अथवा उहाहरुलाई सिकाउन सकिएन यसरी काम गर्नु,तपाईले जुन काम गर्नु भएको छ त्यहाबाट प्र्रतिफल राम्रो आउन्छ भनेर हामीले भन्न सकेन छौ । अहिले यो परियोजना आईसकेपछि यो परियोजनाले त्यो भुमिका निर्वाह ग¥यौ हो ? 


 



म आफै पनि तालिममा सलग्न हुन्थे ति ३ दिने ५ दिने तालिममा के हुन्थ्यो कक्षाहरुमा बसाएर भन्ने काम गथ्यो । यसरी गर्नुहोस् ह,ै घाँस यसरी मिलाउनु है,दाना बनाउन है यसरी खुवाउनुस् है भन्ने काम हुन्थ्यो । किसान आफ्नो घर फर्किदा सबै बिर्सिन्छ । अहिले यो पाठशाला चलाउदा हामीले के पायौ भने हैन किसान त दाना कसरी आफै बनाएर खुवाएर आफै प्रभाव हेर्न सक्ने हामीले बनाएका छौ । किसान पाठापाठीको स्याहार गरिसके पछि के हुन्छ भनि प्रभाव हेर्न सक्ने हामीले बनाएका छौ । जुन किसानले भोगेर सिकेको हुन्छ त्यो कहिल्यै बिसिदैन । अहिले त के छ भने गोठ कस्तो चाहिन्छ भने सुधारिएर गोठ बनाउने बाख्राको लागी हो । अब किसानहरुले जिल्ला पशु सेवा कार्यलयबाट जुन बिषादी लिएर आउन्थे किर्ना,जुम्रा मार्न लाई अब सुधारिएको गोठ छ भने त्यहा त्यो समस्या नै देखिदैन । हामीले त सुधारिएको गोठमा हावा छिर्ने,घाम लाग्ने भुई सतह राम्रो भएको छ भने औषधीको काम नै लागेन यसरी प्रभाव आफ्नैे संलग्नतामा किसानहरु हेर्न पाए ।  



यो आयोजनाको अनुगमन  तथा मुल्याङ्कन प्रमुख हुनुहुन्छ । एक दुई वटा हामीलाई त्यस्ता सन्दर्भहरु हामीलाई  सुनाउन सक्नु हुन्छ ?जहा हिजो किसानले त्यो परम्परागत तरीकाले बाख्रा पालन,कुखुरा पालन गर्नुभएको थियो तर यो आयोजना आए पश्चात उहाहरुले सुध्रिने एक किसिमको मौका पाए र सुध्रानु भयो र जीवनमा राम्रो खालको प्रतिफल देखियो ,प्रभाव देखियो यस्ता उदाहरणहरु केहि सुनाउनुस न हामीलाई ? 



निकै उदाहरण छन् जस्तो  हाम्रो जतिपनि १९ वटा जिल्लाहरु छन । सबै जिल्लामा १० वटा लक्षित गाविस छन् आयोजनाको कार्यको लागी र त्यो १० वटा गाविसको तपाई सुर्खेतको दसरथपुरमा जानुहास् त्यहा २÷४ वटै समुह २५÷२५ जनाको समुह हुन्छ २५ जनाकै समुहले साना अनुदानबाट सबैले सुधारिएको खोरहरु बनाएको छ । हाम्रो दैलेखमा जान,डोटीमा जानु त्यहा निकै किसानहरुले धेरैले गरेका छन् ।पाठशालामा संलग्न भई सकेपछि किसानहरुले एउटा प्रविधि सिके,जाने भने आयोजनाले के गरेको छ भन्दा त्यही सानो स्केलमा उनीहरुले सानो घरको उपभोगबाट घरको आवश्यकता वा परिवारलाई चाहिने जुन  आवश्यकता छ त्यस भन्दा बढी पनि केही गरेर बिक्री गरेर नाफामुलक कार्यक्रम संचालन होस् भनेर आयोजनाले प्रत्येक समुहमा ३ लाखको साना अनुदान भन्ने सहयोग चलाएको छ । ती साना अनुदानमा ती समुहले आवेदन दिएर अनुदान लिएर काम गरेका छन् । रोल्पाको सानो उदाहरण भन्छु रोल्पाकोे एउटा घर्र्ती गाँउ भन्ने ठाउँँ छ त्यहाँ साना अनुदानबाट त्यो गाँउमा बाख्राको यस्तो गोठ हुनुपर्छ भन्ने हामी अनुगमनमा जादा एउटा पनि देखिएन शुरुमा तर साना अनुदानबाट एउटा किसानले पायो कति त १२ हजार आयोजनाको १२ हजार रुपिया मात्र त्यो घरपरिवारले पाएर आफ्नो ४÷५ वटा बाख्रालाई कम्तीमा सुधारिएको टाट भएको गोठमा राख्न सके र लहरै त्यो गाउमा सुधारिएको गोेठहरु देखिन्छ। एउटा गोठमा सानो एउटा लगानी धेरै ठुलो त हामीले केही गरेनौ ४÷५ वटा बाख्रा पाली रहेको घरपरिवारलाई जसलाई त्यसकोे घरपरिवारको आफ्नो घरायसी पोषणमा ठुलो योगदान छ त्यो बाख्राको त्यो बाख्रालाई जुन ह्रास भैरहेको थियो उसको मेहनतको प्रतिफल राम्रो प्राप्त गर्न सकेको थिएन तर  एउटा सानो टाटमा राख्नुपर्छ ,सुधारिएकोे गोठ हुनुपर्छ ,घाँस दाना खुवाउदा टाट्नोमा राखेर खुवाउ,तीन तीन महिनामा जुकाको औषधी खुवाउने त्यति सानो सानो लगानीले उनिहरुको जीवनमा नयाँ तरङ्ग थपि दिएको छ । गाइर्, भैसी, बाख्रा एकै गोठमा गुम्सिएको,घाम नलाग्ने,हावा नलाग्ने त्यो चलनबाट त्यो १२ हजारले किसानहरु बाहिर निस्केको छ । बाख्रालाई अलग्गै,भैसीलाई अलग्गै राख्नुपर्छ भन्ने भावनाको विकास भएको छ जसको प्रतिफल स्वरुप उत्पादकत्व वृद्धि भएको छ । यति मात्र हैन यो त एउटा बासस्थान सुधार मात्र हो हाम्र्रो नसल पनि हाड नाताको प्रजनन्ले गर्दा गदै उत्पादकत्व त्यहा बाट पनि नास भएको छ । आयोजनले के ग¥यौे भने त्यसरी भएन हामीका बाख्रा पालन भनेको मासुका लागी हो ।संंसार भरी मासुका लागी राम्रो जात कहा छ मासुको लागी त्यहाबाट ल्याएर हामी  आफ्नो जाातलाई नसल सुर्धार गर्ने त्यसको लागी आयोजनाले १०० वटा माउ पोथी,७५ वटा भाले अष्टेलियाबाट संसारकै अहिले सबैभन्दा राम्रो मासु जात मानिएको बोइर बाख्रा हो । यसलाई आयोजनाले ल्याएर आफ्नो त्यो आयोजना क्षेत्रहरुमा दिएको छ । ५० वटा बोका हामी आफ्नो लक्षित समुहमा पठाएका छौ नसल सुर्धारको लागी र २५ वटा बोका नेपाल सरकारको अनुसन्धानको कृषि अनुसन्धान परिषद्को फार्ममा संरक्षणका लागी राखेको छ । भोली उसको सप्लाई हुने चेन त हुनुप¥यौ । त्यो कुरालाई समेत विचार गरी कालान्तरमा समेत हाड नाताको प्रजनन् कम होस् भनि त्यस्तो किसिमको व्यवस्थापन पनि हामीले लिङ्क जोडेर बनाएका छौ । किसानले के देख्यो भने एक बर्षससम्म दुख गरेर पाल्यो खसी बेच्यो १७ किलो ÷१८ किलो अहिले त्यस्तो खसीको लागी बोइरकैे पियर बेच्नु पर्छ भन्ने छैन एकातिर हाम्रो स्थानिय जात खरी जुन धेरै छन् हाम्रो मध्य पश्चिममा र एकातिर बोइरको बोका,बोइरको बोका र खरीबाट निस्किए पछि ५० प्रतिशतको बोका र यो ५० प्रतिशतको बोेकाबाट हाम्रो स्थानिय जातकोमा प्रजनन् गराएर २५ प्रतिशत रगतको स्तर र बोइरको अंश भएको त्यो बोकाहरु ६ महिनामै छन् २५ के जी हुन्छन् ।हुन त मासुको लागी १ वर्ष हामीले पाल्नका लागी सिफारिस गरेका छौ । र एक वर्षसम्म पाल्दा ४० केजी कहा १८ केजी कहा ४० केजी दुई गुना बढी यहि हो आयोजनाको उपलब्धी ।

Share your thoughts!