कृषि कर्मबाट सन्तानलाई ईन्जिनियर देखि सरकारी सेवा सम्मको जागिर

Posted on: July 23, 2019 | views: 448

बुटवल ।  


कृषि क्षेत्रलाई अहिले पनि सम्मानजनक पेसाको रूपमा लिएको पाइँदैन । तर यो भनाईलाई चिर्दै अर्घाखाँची जिल्लाका एक किसानले आफूले खाएको सरकारी सेवा नै छाडेर कृषि कर्म गरी आफ्ना दुई सन्तानलाई ईन्जीनियर र सरकारी सेवामा प्रवेश गराउन सफल भएका छन् । स्वदेशको माटोमा नै नंग्रा खियाएर नै सुन फलाउन सकिन्छ उत्तीर्णलाई उनले चरितार्थ पारेका छन् । यसको उदाहरण बनेका हुन, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का चिरञ्जीवी खनाल ।


अर्घाखाँची जिल्लाको साविक ढाकावाङ्ग गाविस वडा नम्बर–३ (पिपलनेटा) का किसान चिरञ्जीवी खनाल एउटा सफल स्वाथ्यकर्मीको रूपमा समेत पहिचान बनाएका थिए । सरकारी सेवा समेत स्वाथ्यकर्मीको रूपमा प्रवेश गरेका उनले स्वास्थ्य क्षेत्रलाई चटक्कै छाडेर कृषि कर्ममा लागि सफलता प्राप्त गरेका हुन् ।



कृषि कर्मबाट नै अहिले आफ्ना दुई सन्तानलाई एक जना ईन्जीनियर र अर्कोलाई कृषि क्षेत्रकै प्राविधिकको रूपमा सरकारी सेवामा प्रवेश गराउन सफल भएका हुन् । खनालले ३ बर्ष सम्म सरकारी सेवामा समेत काम गरेका थिए । उक्त कार्यलाई सधैको लागि थाति राखेर उनले कृषिलाई नै कर्म थलो बनाएको बताउँछन् । वि.सं. २०४६ सालदेखि हालसम्म कृषि पेशामा लागेका खनालले ६ वटा फलफूलको बिरुवा बाट आफ्नो कृषिको यात्रा सुरुवात गरेको बताउँछन् । विगत सम्झिँदै उनी भन्छन्–‘कृषिमा नै केही गरेर देखाउने अठोटको साथ लागेको हुँ, अहिले आएर सफल समेत भएको छु । ’


सुरुवाती दिनमा स्वास्थ्य कर्मीको पेशा चटक्कै छाड्दा सबैले कृषिमा के को भविष्य छ र लागेको भन्दै प्रति प्रश्न पनि खनाललाई नआएका भने होईन्न । तर उनले दृढ संकल्पको रूपमा कृषिलाई नै छनौट गरी निरन्तरताको मिहिनेत र कडा परिश्रमबाट सफल भएका हुन ।


श्रीमती ईश्वरा खनालको पूर्णरूपका साथ र छर छिमिकीहरूको पनि महŒवपूर्ण योगदान रहेको भन्दै उनले यसैले नै थप कृषिमा कार्य गर्नको लागि हौसाएको बताउँछन् । पहाडी जिल्लाको रूपमा रहेको अर्घाखाँचीमा जिल्लामा फलफूल, तरकारी खेतीको व्यवसायीकता गर्नु आफैमा चुनौतिको रूपमा रहेको थियो । तर यसलाई खनालले सहज रूपमा अगाडि बढाउन सफल भएका हुन् । खनालको फलफूल बगंैचामा जाने जो कोही पनि उनको मिहिनेत देखेर चकित पर्दछन् । उच्च पहाडी क्षेत्रमा फल्ने फलफूल देखि लिएर पहाडी क्षेत्र र तराईमा समेत उत्पादन हुने फलफूलको नमुना बगैंचा नै खनालले स्थापना गरेका छन् ।


आँप, स्याउ, नास्पाती, अंगुर, कटहर, बडहर, अम्बा, अंगुर, अनार, मेवा लगायत सुन्तला जातका कागती, सुन्तला, भोकटे, अमिलो लगायतका प्रायः सबै जातका फलफूलहरू उनको बगैंचामा रहेका छन् । बाहिरी क्षेत्रबाट जाने जो कोहीले पनि उनको बगंैचा देखेर प्रसंसा समेत गर्ने गरेका छन् । कृषि कर्मको आम्दानी बाट नै चिरन्जीविले जेठो छोरा सन्तोष खनाललाई ईन्जीनियर बनाएका छन् । छोरा सन्तोस अहिले गैरसरकारी संस्थाको राम्रो स्थानमा पटक जमाएका छन् । यस्तै कान्छा छोरा अशोक खनाल कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गत पा्रबिधिक नायव सुब्बा तहको कर्मचारीको रूपमा कार्यरत रहेका छन् । ईश्वारा गोल्डेन एग्रिकल्चर एण्ड लाईभइस्टक फर्म दर्ता गरी उनले विभिन्न बस्तुहरू उत्पादन गर्दै आएका हुन् ।


थप फर्ममा किवी, एभोकाडो, लिची, सपोटा, कफि र चिया बगान समेत निर्माण गरेका छन् । मौसमी र बेमौसमी गरी उनले पहाडी क्षेत्रमा कुल ३२ रोपनी क्षेत्रफलमा फलफूल खेती गरिरहेका हुन् ।


आफ्नो फार्ममा कफी को नर्सरी फलफूल तथा तरकारीबाट बार्षिक १८ देखि २० लाख सम्म आम्दानी भएको खनालको भनाइ रहेको छ । निकट भविष्यमा कोल्डस्टोर (चिस्यान केन्द्र) समेत निर्माण गर्न सकेमा अझ आम्दानी वृद्धि हुने उनको भनाइ रहेको छ । गैर सरकारी निकाय वा बैंक वा वित्तीय संस्थाबाट हाल सम्म कुनै सहयोग नपाएको गुनासो खनालको रहेको छ ।


बगैंचालाई ब्यबस्थापन एव बिस्तार गरी पर्यटकीय हवको रूपमा समेत विकास गर्ने योजना बनाएको खनालको यो अभियान अझै दृढ र दरिलो रहेको छ । कृषकहरूलाई ब्यबसायिक बनाउनको लागि कृषिमा आधुनिकीकरण एव यान्त्रिकरण मा सहयोग पुग्ने किसिमको योजना केन्द्र, प्रदेश र स्थानिय निकायबाट गर्नुपर्ने खनालको तर्क समेत रहेको छ ।



Share your thoughts!