तरकारी खेती गर्नुहोस, खाडी जानु पर्दैन्

Posted on: March 04, 2019 | views: 791

-संजीव बगाले 


कुनै बेलाका स्वास्थ्यकर्मी श्रीकृष्ण अधिकारी यतिबेला किसानका साथी बनेका छन् । कृषिलाई आधुनीकिकरण गर्ने अभियानमा खटेका छन् ।

बिशेष गरी तरकारी खेतीमा अति उपयोगी मानिएको थोपा सिंचाई प्रविधिलाई व्यवसायीक रुपमा नेपालमा भित्राएका अधिारीले ‘सलोम एग्रिकल्चर’ मार्फत आफ्नो व्यवसाय गरेका छन् ।

इजरायलमा ९ बर्षसम्म यहीप्रविधि अनुसार काम गरेका अधिकारीले थोपा सिंचाइ प्रविधिको प्रयोग गर्ने अभियान देशभर चलाएका छन, संगै यसको व्यापार पनि ।

के हो थोपा सिंचाई

थोपा सिंचाई भनेको इजरायलले बिकास गरेको एउटा प्रविधि हो । जुन अहिले बिश्वका दुई सयभन्दा बढी मुलुकमा प्रयोगमा आएको छ । यो आफैंमा केही पनि होइन यसलाई सहि तरिकाले सदुपयोग गर्नुपर्‍यो ।

प्लाष्टिकको पाइपमार्फत थोपा-थोपा गरेर प्रत्येक बिरुवामा पुग्ने गरी पानी दिइन्छ । जसले गर्दा कुन बिरुवालाई कति पानी दिने हो कति मलखाद दिनुपर्ने हो यो कुरा थोपा सिंचाई पाइबाट दिन सकिन्छ ।

निर्बिकल्प बन्दै गरको थोपा सिंचार्ई


थोपा सिंचाईको अहिलेको अबस्था निकै राम्रो बन्दै गएको छ । ४/५ बर्ष भयो इजरायलको यो प्रविधि थोपा सिंचाईको सुरुवात किसानहरुले गरे । झन्डै तीन बर्ष यसको प्रभाकारिताका बारेमा बुझाउनमा केन्द्रीत रह्यो । किनकि नयाँ कुरा किसानलाई बुझाउन अफ्ठेरो भयो ।

पछिल्लो २ बर्षको अनुभव हेर्ने हो भने कुनै पनि व्यवसायिक किसनाले थोपा सिंचाई बाहेकको कृषि सोच्न नै सक्दैन् । व्यवसायीक खेतीका लागि थोपा सिंचाई बाहेकको बिकल्प नै छैन् ।

किनकी हामीसंग बोट बोटमा पानीहाल्दै हिड्ने जनशक्ती छैन् । त्यतिमात्रै होइन थोपा सिंचाईले गर्दा खर्चको पनि कटौती भएको छ । त्यसैगरी बोटबोटमा मलखाद हाल्दै हिड्न पर्‍यो परम्परागत रुपमा मलखाद पानीहाल्दा सबै बोटमा बराबर नजाने यस्ता सबै कारणले गर्दा थोपा सिंचाई अहिले देशभरी नै प्रभाकारी भइरहेको छ ।

नाफा नभए पनि सन्तुष्टी

आफ्ना लागि भनेर नेपालमा फाट्टफुट्ट प्रयोगमा ल्याइएको भएपनि नेपालमा व्यवसायिक रुपमा सुरु गरेको हामीले नै हो । हामीले यसको प्रयोग साढे ४ बर्षदेखी गर्दै आएका छौ । यसको सुरुवाती चरणमा किसानलाई बुझाउने प्रचार प्रसार गर्ने गर्दा हामी अहिले पनि सिकाइकै चरणमा छ ।

यसले गर्दा उल्लेख्य कमाई भन्दा पनि किसानले जुन किसिमको सन्तुष्टी पाइरहेका छन यो हाम्रो लागी ठुलो कुरा हो । नफा बिस्तारै हँदै जान्छ । जे होस घाटा भने भएको छैन् । यो खालको प्रविधि ल्याएर यसलाई प्रयोग गर्न सक्ने बनाएका छौं । बजार बिस्तारै बड्दै जाला भन्ने आशमा छांै ।

सुरुमा किसानहरुलाई बुझाउन केही सामान उधारो दिन परेकोले केही लगानी फसेको छ तर अहिले ब्यापार जस्तो बनि सकेकोले सन्तुष्टी पनि छ ।

अहिले यो कार्यक्रम ५० भन्दा बढी जिल्लामा चलिरहेको छ । जिल्ला कृषि कार्यालयहरुले यो कामलाई सहयोग गरेका छन् । युवाहरुलाई लक्षित गरि यस्ता कार्यक्रम ल्याइएको छ ।

म आफैं पनि ३४ जिल्लामा पुगी सकेको छु । अन्य जिल्लामा थोपा सिंचाईमा काम गर्ने अरु साथीहरु पुग्नुभएको छ । किसानहरु प्रविधिबाट सन्तुष्ट छन् ।

व्यवहार शैली तरिकाबाट किसानहरु असन्तुष्ट होलान तर प्रविधिबाट किसानहरु सन्तुष्ट छन् । तरकारी जन्य सबै चिजहरुमाथोपासिन्चाई प्रभाबकारी छ । तरकारी,फलफुल अनि फुलमा पनि थोपा सिंचाई प्रविधिउपयुक्त हुन्छ ।

अनि म नेपाल आँए

इजरायलमा नौं बर्ष बसें त्यो त मरुभूमीको देश आधाभन्दा बढी त मरुभूमी देखें मैले । त्यस्तो मरुभूमिमा राम्रो तरकारी खेती देखें मैले । हाम्रो देश त हावापानी माटो सबैमा अगाडी छ तर पनि कृषिमा हामी पछी छौं भन्ने लाग्यो ।

त्यसपछि मलाई नेपालमा गएर केही गर्ने अठोट आयो अनि म नेपाल आँए । नेपाल आएर के कारणले नेपाल पछि परेको छ भनेर बुझ्न थालियो बुझ्दा पत्ता लाग्यो हामीसंग प्रविधि नभएर हाम्रो यस्तो हालत भएको हो भन्ने भयो । त्यसपछि यो खालको प्रविधिको प्रयोग गरिएको हो ।

यस कारण म बिदेश गएको थिएँ

म पेशा र पढाइले स्वास्थ्यकर्मी थिए । केही समय मेडिकल पनि चलाए अस्पतालमा पनि काम गरें । स्वास्थ्य क्षेत्रमा पाँच बर्ष काम गरें । तर देशको बाध्यताले राजनीतिक अस्थिरता अनि दिनदिनैको युद्धले गर्दा मलाई बिदेश जानु मेरो बाध्यता थियो ।

बिदेश जाउला कृषिमा काम गरौंला स्वदेशमा फर्किएर काम गरौंला भनेर म बिदेश गएको होइन । मेरो आफ्नो बाध्यता र देश छोड्नै पर्ने कारणले म बिदेश गएको हो । म सन २००३ मा बिदेश गएको हो । म २०११ मा फर्किएँ । त्यसपछि नेपालमा नै काम गरिरहेको छु । अब यही बसेर काम गरिरहनेछु ।

हाम्रो नीति कृषिमैत्री भएन्

थोपा सिंचाईका लागि बिदेशबाट सामान ल्याउँदा भन्सारमा अनेकौं दुःख खेप्नु पर्छ । कृषि सामाग्री ल्याउँदा भन्सारमा कर बुझाउनु पर्छ । नेताहरुलाई कृषि अर्थका बिज्ञलाई सोध्यो भने कृषिमा छुट छ भन्छन् ।

तर अवस्था त्यस्तो छैन् । किसानका लागि छुट छ भनिएको छ त्यो कस्तो अबस्थामा मात्रै छुट छ भने किसान आफ्ना लागि आफु नै गएको अबस्थामा मात्रै छुट छ । एउटा किसान २० हजारको सामान लिन दिल्ली जान त सक्दैन यसतर्फ सरकारले ध्यानदिन सकिरहेको छैन् ।

यस्तो छ युवाहरुलाई सुझाव

नेपालमा संभावना प्रशस्त रहेको छ । कृषिमा नै धेरै संभावना छ । हल्लाको भरमा नलागिकन आफ्नो घर–खेतमा कुन तरकारीको संभावना छ त्यो तरकारी खेती गर्ने हो भने खाडी मुलुकमा कमाइने पैसा यहाँ ढुक्कले कमाउन सकिन्छ ।

बिदेशमा जति खट्न पर्छ त्यसरी नेपालमा खट्ने हो भने यहाँ धेरै कमाउन सकिन्छ । त्यतिमात्रै होइन हामीले अरबौ रुपैया खर्च गरेर ल्याउने तरकारी नेपालमा नै फलाउन सकिन्छ ।

(श्रीकृष्ण अधिकारीसंग गरिएको कुराकानीमा आधारित)

Share your thoughts!